+
+
Shares

रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन, खोजी जारी

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ८ गते १३:२४

८ साउन, काठमाडौं । रुसमा यात्रुवाहक विमान सम्पर्कविहीन भएको छ । ४९ जना यात्रु बोकेको विमान पूर्वी रुसको आमुर क्षेत्रको टिण्डा सहरमा हराएको हो । यो चीनसँग सीमा जोडिएको दुर्गम क्षेत्र हो।

‘एङ्गारा एयरलाइन्स’ले सञ्चालन गरेको एएन–२४ विमान टिण्डा सहरतर्फ जाँदै गर्दा सम्पर्कविहीन भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै सीएनएनले लेखेको छ ।

हराएको विमानको खोजी कार्य भइरहेको सीएनएनले जनाएको छ । त्यहाँका गभर्नर भासिली ओरलोभका अनुसार विमानमा पाँच बालबालिकासहित ४३ जना यात्रु र ६ जना चालक दलका सदस्य सवार थिए । आपतकालीन मन्त्रालयले भने विमानमा करिब ४० जना सवार रहेको बताएको छ ।

‘विमानको खोजीका लागि आवश्यक सबै सुरक्षाकर्मी, उद्धार टोली र स्रोत परिचालन गरिएको छ’, गभर्नर ओरलोभले भनेका छन् ।

मौसम र भौगोलिक अवस्थाका कारण विमान खोजीमा चुनौती देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?