+
+
Shares

‘शार्क ट्यांक नेपाल’को पहिलो एपिसोड सुपरहिट, युट्युबमा १० लाखभन्दा धेरै भ्यूज

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २५ गते २०:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘शार्क ट्यांक नेपाल’ले इन्टरनेट प्लाटफर्ममा उत्साहजनक डेब्यु गरेको छ, पहिलो एपिसोडलाई १० लाख ११ हजार पटक हेरिएको छ।
  • दोस्रो एपिसोडलाई ५ लाख ९० हजार पटक हेरिएको छ, र कार्यक्रमले ५ करोड ७२ लाख रुपैयाँ लगानी जुटाएको छ।
  • तीन र चौथो एपिसोड आगामी दिनहरूमा हिमालय टिभीमा प्रसारण हुनेछ।

काठमाडौं । बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’ले इन्टरनेट प्लाटफर्ममा उत्साहजनक डेब्यु गरेको छ । अघिल्लो साताका दुवै एपिसोडलाई युट्युबमा दर्शकले रुचाएको देखिएको छ ।

पहिलो एपिसोडलाई यो समाचार लेख्दासम्म १० लाख ११ हजार पटक हेरिएको छ, जुन आफैमा उत्साहजनक हो । नेपाली टिभी कार्यक्रमले स्ट्रिमिङको पहिलो सातामा निकै कम मात्र यस्तो भ्यूज पाउँछन् ।

१ मिलियन भ्यूज पाएपछि शार्क ट्यांक नेपाल र हिमालय टिभीले सामाजिक संजालमार्फत खुसी व्यक्त गर्दै दर्शकलाई साथको लागि धन्यवाद दिएका छन् । भ्यूज मात्र होइन, उक्त एपिसोडलाई २५ सयभन्दा धेरै कमेन्ट प्राप्त भएको छ । भ्यूज र कमेन्टको गणित हेर्दा दर्शकको इन्गेजमेन्ट लोभलाग्दो देखिन्छ ।

कार्यक्रमको दोस्रो एपिसोडलाई ५ लाख ९० हजार पटक हेरिएको छ । यो पनि उत्साहजनक अंक हो ।

युट्युबको मात्र होइन, टेलिभिजनमा समेत लाखौं दर्शकले हेर्दा ‘शार्क ट्यांक नेपाल’ डेब्युमै सुपरहिट बनेको बुझ्न सकिन्छ । अर्कोतर्फ, यी दुई एपिसोडबाट ५ करोड ७२ लाख लगानी जुटिसकेको छ ।

तेस्रो र चौंथो एपिसोड बुधबार र विहीबार बेलुका ९ बजेदेखि हिमालय टिभीमा प्रसारण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?