+
+
Shares

गुल्मीमा १९ जनाले त्यागे नेपाली नागरिकता

अनिल खत्री अनिल खत्री
२०८२ साउन ९ गते १०:१७

९ साउन, गुल्मी । एक वर्षको अवधिमा गुल्मी जिल्लामा १९ जनाले नेपाली नागरिकता त्यागेका छन् ।

आर्थिक वर्ष २०८१/०८२ मा १९ जनाले नेपाली नागरिकता त्यागेको जिल्ला प्रशासन कार्यालय गुल्मीका निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा ६८ जनाले नेपाली नागरिकता प्रमाणपत्र त्यागेका थिए । नागरिकता त्याग्ने व्यक्तिहरूको मुख्य कारण वैदेशिक बसाइँ, स्थायी आवास, वैवाहिक सम्बन्ध र अन्य व्यक्तिगत कारणहरू रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

नेपाली नागरिकता परित्याग गर्ने अधिकांश व्यक्ति विदेशमा स्थायी रूपमा बसोबास गर्दै आएका छन् । उनीहरूले त्यहाँको नागरिकता प्राप्त गरेपछि नेपाल सरकारलाई जानकारी दिँदै औपचारिक रूपमा नेपाली नागरिकता परित्याग गरेको निमिक्त प्रमुख जिल्ला अधिकारी गैरेले बताए ।

यसैबीच गुल्मी जिल्लाबाट गैरआवासीय नेपाली नागरिकता लिनेको संख्यामा यस वर्ष कमी आएको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका अनुसार आर्थिक वर्ष २०८१/०८२ को एक वर्षे अवधिमा १८ जनाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत तारानाथ फुल्लेलले बताए ।

यसअघि आर्थिक वर्ष २०८०/८१ मा यो संख्या ४८ रहेको थियो । त्यस्तै आर्थिक वर्ष २०७९/०८० मा १२ जनाले गैरआवासीय नेपाली नागरिकता लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?