
News Summary
Generated by OK AI. Editorially reviewed.- बुधबार र बिहीबार प्रसारित 'शार्क ट्यांक नेपाल'का एपिसोडमा ४ स्टार्टअपले कुल ४ करोड ६५ लाख रुपैयाँ लगानी जुटाएका छन्।
- मनीष श्रेष्ठ र कृति शाक्यको 'अल्छी पसल'ले बोर्ड गेम व्यवसायमा २५ प्रतिशत इक्विटीमा १ करोड रुपैयाँ लगानी जुटाएको छ।
- विद्यानन्द झाको 'अरेन्ज बल'ले पेस्ट कन्ट्रोल सेवामा १५ प्रतिशत इक्विटीमा १ करोड रुपैयाँ लगानी पाएको छ।
काठमाडौं । बिजनेस रियालिटी शो ‘शार्क ट्यांक नेपाल’का पछिल्ला एपिसोड दर्शकमाझ रोचक बनिरहेका छन् ।
नवप्रवर्तन र उद्यमशिलतामा लगानी जुटाउन मद्दत गर्ने यो शोले टिभी र युट्युबमा भ्यूज पाउन लोभलाग्दो पाइरहेको छ ।
विहिबार प्रसारित छैटौं एपिसोडमा ४ उद्यमशिलता प्रस्तुत गरियो जसमा २ ले मात्र लगानी जुटाउन सके ।
मनीष श्रेष्ठ र कृति शाक्यको कम्पनी ‘अल्छी पसल’ले पिच गरेको ‘बोर्ड गेम’ बिजनेसले शार्क क्याबिनेट श्रेष्ठबाट २५ प्रतिशत इक्विटीमा १ करोड लगानी जुटायो । यो स्टार्टअपले ५० लाख ऋण पनि पाउने निधो भयो ।
विद्यानन्द झाको कम्पनी अरेन्ज बलले प्रस्तुत गरेको ‘पेस्ट कन्ट्रोल एण्ड क्लिनिङ सर्भिस’लाई शार्क सौरभ ज्योतिले १५ प्रतिशत इक्विटीमा १ करोड रुपैयाँ लगानी जुटाइदिए ।
बुधबार प्रसारित पाँचौ एपिसोडमा पिच गरिएका २ स्टार्टअपले २ करोड १५ लाख रुपैयाँ लगानी जुटाए ।
गुडविस नामक सफ्टवेयर एण्ड आइटी कम्पनीले कार्यालयमा रोबोटमार्फत हुने कार्य संचालनको अवधारणा पिच गर्यो । यो स्टार्टअपमा चारै शार्कले २५ प्रतिशत एक्सचेन्जमा २ करोड रुपैयाँ लगानी जुटाइदिए ।
मणिशंकर पाउरोटीले उत्पादन र बजार विस्तारको अवधारणा पेश गर्यो । शार्क सौरभ ज्योतिले २५ प्रतिशत इक्विटीमा १५ लाख रुपैयाँ लगानी जुटाइदिए ।
बुधबारको एपिसोडबाट २ करोड १५ लाख र बिहीबारको एपिसोडबाट २ करोड ५० लाख गरि यस साता कूल ४ करोड ६५ लाखको लगानी जुट्न सफल भएको छ ।
‘शार्क ट्यांक नेपाल’ प्रत्येक साताको बुधबार र बिहीबार हिमालय टिभीमा प्रसारण हुँदै आएको छ ।
प्रतिक्रिया 4