+
+
Shares

विमानस्थल थप्ने कुरा फेसन बन्यो, भोटका लागि नथपौं : सचिव भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ८ गते १२:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले अब कुनै नेताको भोट बढाउन विमानस्थलहरु बन्न नहुने बताएका छन्।
  • भट्टराईका अनुसार नेपालमा ५५ वटा विमानस्थल छन् र ३२ मात्रै सञ्चालनमा छन् ।
  • उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल मात्रै प्राथमिकतामा राख्नुपर्ने र नयाँ विमानस्थल थप्न नहुने बताए ।

८ साउन, काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले कुनै नेताको भोट बढाउनका निम्ति अब विमानस्थलहरु बन्नु नहुने बताएका छन् ।

बिहीवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै पूर्व पर्यटनमन्त्री समेत रहेका भट्टराईले नेपालमा ५५ वटा विमानस्थलहरु रहेको र त्यसमध्ये सञ्चालमा ३२ वटा मात्रै रहेको बताए ।

नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफलको क्रममा भट्टराईले सरकारले नीति तथा कार्यक्रममा अहिले पनि विमानस्थल थप्ने कुरा ल्याउनु उचित नभएको बताए ।

१९४९ सालमा पहिलोपटक हवाई सेवा सुरु गरेको नेपालमा अहिलेसम्म १०८ वटा दुर्घटना हुँदा ९५९ जना मानिसको ज्यान गएको उनले बताए ।

‘यति छोटो अवधिमा यति धेरै दुर्घटना भएका छन् । जाँचबुझ आयोगले निर्क्यौल गरेका दुर्घटनाहरूलाई कसरी न्यूनीकरण गर्ने, मानवीय त्रुटी, जहाजका प्राविधिक समस्या, व्यवस्थापकीय समस्या समाधान गर्ने यी ऐनहरू बनाइरहेका छौँ,’ उनले भने ।

अब पनि विमानस्थल थप्ने कुरा फेसन भएकाले राजनीतिक दबाबमा विमानस्थल थप्न नहुने र भएकालाई व्यवस्थित बनाई विस्तार गर्न जरुरी रहेको भट्टराईले बताए ।

‘५५ वटा एयरपोर्ट हाम्रोसामु छन् । अब नेपालमा कति एयरपोर्ट चाहिन्छ ? हाम्रो भूगोल, जनसंख्या, सडक यातायातको पहुँच आदि कुराहरूले अब एयरपोर्टको प्राथमिकताका बारेमा पनि छलफल हुनुपर्छ’ उनले भने, ‘५५ वटा एयरपोर्टमध्ये ३२ जति सञ्चालनमा होलान् । त्यही पनि सबै नियमित छैनन् ।’

भट्टराईले नीजगढ अन्तर्राष्ट्रिय एयरपोर्टमात्रै अबको प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए ।

‘फेरि पनि नीति तथा कार्यक्रममा एयरपोर्ट थप्ने कुरा नै आइरहेको छ, मलाई त्यत्ति राम्रो र उचित लाग्दैन । यो फेसन हो’ उनले भने, ‘राजनीतिक दबाबमा कुनै नेताको भोट बढाउनका निम्ति अब एयरपोर्ट बनाउनु हुँदैन । यसले राष्ट्रको ठूलो क्षति हुन्छ । निजगढ अन्तर्राष्ट्रिय एयरपोर्ट हाम्रो प्राथमिकतामा हुनुपर्छ ।’

भट्टराईले अब थप विमानस्थल थप्ने भन्दा भएकाको क्षमता विस्तार गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?