 
																						प्रतीकात्मक तस्वीर								
											२० भदौ, झापा । झापाको विर्तामोड नगरपालिका–४ मा एक व्यक्तिको हत्या भएको छ । कचनकवल गाउँपालिका–३ का ५० वर्षीय भात्रु राजवंशीको हत्या भएको प्रहरीले जनाएको छ । उनी अटो चालक हुन् ।
टाउको, अनुहारलगायत शरीरका विभिन्न ठाउँमा चोटपटक देखिएकाले उनको हत्या नै भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए । मृतकका छोरा १५ वर्षीय देवनारायण राजवंशीले कान्छा काकाले कोठामै बुबाको हत्या गरेर भागेको प्रहरीसँग बताएका छन् ।
सोही वडामा डेरा गरी बस्ने ३८ वर्षीय रतनलाल राजवंशीले कुटेर उनको हत्या गरेको र त्यसपछि आफ्नो नौ वर्षीय छोरालाई साइकलमा लिएर भागेको प्रहरीलाई जानकारी दिएकाले उनको खोजी भइरहेको प्रवक्ता थापाको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4