+
+

सुदूरपश्चिम प्रदेशमा एमालेका ३ सांसदले रोजे एकीकृत समाजवादी

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २० गते १६:०७

२० भदौ, काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका थप ३ सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । यससँगै प्रदेशसभामा एकीकृत समाजवादीको सांसद संख्य १३ पुगेको छ ।

आइतबार दीर्घबहादुर सोडारी, प्रकाश रावल र तारा लामा तामाङले प्रदेश निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । यसअघि १० जनाले एकीकृत समाजवादी रोजेको थिए ।

५३ सदस्यीय प्रदेशसभामा सबभन्दा ठूलो दल एमालेका सभामुखसहित २५ सांसद थिए । १३ जनाले एकीकृत समाजवादी रोजेपछि माधवकुमार नेपाल नेतृत्वको दल एमालेभन्दा ठूलो र माओवादी केन्द्र बराबर भएको छ । दुबै दलको १३ सांसद छन् ।

माओवादी केन्द्रका १४ सांसद थिए । एमाले प्रवेश गरेका कारण झपड बोहोरा पदमुक्त भए ।

नेपाली कांग्रेसका १२ सांसद छन् भने जनता समाजवादी पार्टीका २ र एक स्वतन्त्र सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?