
चलचित्र ‘जार’को फस्टलुक सार्वजनिक भएको छ । चलचित्रको फस्टलुकमा नायकद्धय सौगात मल्ल र अनुपविक्रम शाहीको साथमा नायिका गिताञ्जली थापालाई देख्न सकिन्छ । चलचित्रको केन्द्रिय द्धन्द्ध नै महिला पात्र रहेको निर्माणपक्षले बताएकोे छ । योे चलचित्रको छायांकन सिक्किममा गरिएको हो । यो चलचित्रले १८ सयकोे दशककोे अन्त्यतिर सिक्किमेली समाजमा घटेको एक वास्तविक घटनालाई प्रस्तुत गरेको छ ।
यो चलचित्र तिन पात्रकोे वरिपरी घुम्ने बताइएको छ । नायिका गिताञ्जली थापा भारतमा ‘राष्ट्रिय अवार्ड विजेता’ कलाकार हुन् । फुर्वा छिरिङ लामाको निर्देशनमा तयार भएको यो चलचित्रलाई इन्द्र बहादुर राइले लेखेका हुन् । फेर्री टेल पिक्चर्सले ‘होेप रिल एण्ड एलए सट्र्स’ को सहकार्यमा यो चलचित्र निर्माण गरेको हो ।
निर्माणपक्षले केही समयपछि चलचित्रको टिजर सार्वजनिक गर्दै प्रदर्शन मिति घोेषणा गर्ने बताएको छ । चलचित्रमा झुमा लिम्बु र गंगा थापाको संगीत, अखिलेश राइको सम्पादन छ । चलचित्रको सम्पादनदेखि सम्पूर्ण प्राविधिक काम भारतमा नै गरिएको हो ।
प्रतिक्रिया 4