+
+

जर्मन कम्पनीले बनायो ‘सबैभन्दा सुरक्षित’ एन्ड्रोइड स्मार्टफोन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २१ गते १२:५७

साइबर सुरक्षाको दृष्टिकोणले एन्ड्रोइड स्मार्टफोनहरु आइफोनकेा तुलनामा कमजोर मानिन्छन् । किनकी एन्ड्रोइड स्मार्टफोनहरु सजिलैसँग ह्याक हुने र साइबर ठगीको सिकार हुने घटना धेरै सुनिन्छ ।

यस्तै चिन्तामा परेका एन्ड्रोइड फोन प्रयोगकर्तालाई एउटा खुसीको खबर छ । जर्मनी एक सूचना प्रविधि सुरक्षा कम्पनीले हालै आफ्नो पहिलो स्मार्टफोन लञ्च गरेको छ जसलाई संसारकै सबैभन्दा सुरक्षित एन्ड्रोइड फोन भनिएको छ ।

कसैले ट्रयाक गर्न सक्दैन

नाइट्रोकी नामक आइटी सेक्योरिटी कम्पनीले स्मार्टफोन बजारमा आफ्नो पहिलो प्रडक्टको रुपमा उक्त फोन ल्याएको हो । स्मार्टफोनको नाम नाइट्रोफोन १ रहेको छ ।

कम्पनीका अनुसार यो फोनमा सेक्योरिटी, प्राइभेसी तथा सरल रुपमा प्रयोग गर्न सकिने सुविधासँगै आधुनिक हार्डवेयर राखिएको छ । यो फोन गुगलको उच्च गुणस्तरीय Pixel 4a tyf Graphene अपरेटिङ सिस्टममा आधारित छ तथापि यसमा प्राइभेट तथा सुरक्षित मोबाइल अपरेटिङ सिस्टमको प्रयोग गरिएको छ ।

यसको अर्थ यो फोनले गुगल सर्भिसहरु सपोर्ट गर्दैन । यो फोनमा निकै सीमित मात्रामा एपहरु प्रि-इन्स्टल्ड गरिएको हुन्छ । तथापि आवश्यकता अनुसारका एपहरु फोनको प्ले स्टोरबाट डाउनलोड गर्न सकिन्छ ।

कम्पनीका अनुसार आफ्ना डाटा सुरक्षाको विषयमा निकै संवेदनशील तथा चिन्तित रहेका मानिसहरुलाई लक्षित गरी यो फोन निर्माण गरिएको हो । यो फोनमा डाउनलोड हुने एपहरुले फोनको आइएमइआइ तथा सिरियल नम्बर, सिमकार्ड सिरियल नम्बर, सब्सक्राइबर आइडी, ठेगाना लगायतका प्रयोगकर्ताका विवरणहरु प्राप्त गर्न सक्दैनन् ।

डिभाइसको सुरक्षा बढाउनका लागि कम्पनीले यो स्मार्टफोनबाट माइक्रोफोन पनि हटाइदिएको छ । अर्थात् यो फोनमा कुरा गर्नका लागि प्रयोगकर्ताले इयरफोन जोड्नु पर्दछ ।

मूल्य कति ?

यसमा ५.८१ इन्चको फुल एचडी प्लस डिस्प्ले रहेको छ । फोनमा ६ जिबीको र्‍याम तथा १२८ जिबीको स्टोरेज रहेको छ । यसमा १२.२ मेगापिक्सेलको क्यामरा रहेको छ ।

कम्पनीको वेबसाइटबाट ००० अनलाइन अर्डर गरी यो फोन खरीद गर्न सकिने बताइइएको छ । यो फोनको सुरुआती मूल्य ६३० युरो राखिएको छ । तर यसको मूल्यमा विस्तारै गिरावट आउने बताइएको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?