
काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दशैं–तिहार लक्षित आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ शुरु गरेको छ ।
यो योजना अन्तर्गत ग्राहकले दुई लाख रुपैयाँ बराबरको नगद छुट, एक लाख ५० हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, २० हजार रुपैयाँसम्म लोयोल्टी बोनस, १ वर्षको सवारी बिमा र स्क्र्याच कार्ड मार्फत ७५ हजारसम्म अतिरिक्त छुट पाउने कम्पनीले जनाएको छ । साथै क्लियरन्स मोडेलमा विशेष छुटको व्यवस्था समेत रहेको छ ।
यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३८ वटै शोरूमहरुमा लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछन् । यो योजना सीमित अवधिका लागि मात्र जारी गरिएको कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4