+
+

जितेन्द्र सोनलले गरे लोसपाको पक्षमा सनाखत

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २१ गते १५:५३

२१ भदौ, जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)का प्रदेश २ का प्रदेशसभा सदस्य जितेन्द्र सोनलले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा सनाखत गरेका छन् ।

बाराको निर्वाचन क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित सोनलले सोमबार जनकपुरधामस्थित निर्वाचन आयोगको प्रादेशिक कार्यालयमा आएर लोसपामा सनाखत गरेका हुन् ।

सोनल तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट निर्वाचित भएका थिए । सोनलले सनाखत गरेसँगै प्रदेशमा लोसपा सांसदको संख्या १६ पुगेको छ ।

यसअघि परमेश्वर साह, सुरिता साह, बाबुलाल साह, जानकीशरण शाह, जयनुल राइन, अलका झा, वविता कुमारी, निलमदेवी भूमिहारिन, रमेशप्रसाद कुर्मी, डिम्पल झा, प्रल्हाद गिरी गोस्वामी, गौरीनारायण साह, अभिराम शर्मा, रानीकुमारी तिवारी र उपेन्द्र महतोले सनाखत गरेका थिए ।

जसपाका कुल ५५ सांसदमध्ये तत्कालीन मधेशी जनअधिकार फोरम नेपालका ३० र राष्ट्रिय जनता पार्टी (राजपा) का २५ सांसद थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?