+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सरकारले यो वर्ष पनि भेट्टाएन सर्वोत्कृष्ट निजामती कर्मचारी

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २१ गते १८:४३

२१ भदौ, काठमाडौं । सरकारले यो वर्ष पनि सर्वोत्कृष्ट निजामती कर्मचारी भेट्टाउन सकेन । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ४० जनालाई निजामती पुरस्कार दिने निर्णय गरेको कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

२२ भदौमा मनाइने निजामती कर्मचारी दिवसका दिन सरकारले एक जनालाई सर्वोत्कृष्ट, १० जनालाई उत्कृष्ट र ३० जनालाई निजामती सेवा पुरस्कार गरी ४१ जनालाई पुरस्कार दिने व्यवस्था छ । सर्वोत्कृष्ट निजामती पुरस्कार २ लाख रुपैयाँ, उत्कृष्ट १ लाख र निजामती सेवा पुरस्कार ५० हजार रुपैयाँ राशिको छ ।

तर यो वर्ष पनि सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार नदिइने एक मन्त्रीले जानकारी दिए ।

सबैभन्दा राम्रो काम गर्ने कर्मचारीका लागि व्यवस्था गरिएको यो पुरस्कार पछिल्लो पटक २०७३ सालमा तत्कालीन सचिव शान्तराज सुवेदीले पाएका थिए । त्यसयताका पाँच  वर्ष यो पुरस्कार दिइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?