+
+

गुल्मीमा नेपाल टेलिकमको ब्याट्री चोरी गरेको आरोपमा एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २२ गते १३:२३

२२ भदौ, गुल्मी । गुल्मीमा नेपाल टेलिकमको ब्याट्री चोरी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ प्रगतिनगरमा भाडामा बस्ने ३१ वर्षीय सचेन्द्रकुमार गौतम भन्ने सत्येन्द्र कुमारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) गोपालचन्द्र भट्टराईले बताए ।

उनले चोरी गरेर ब्याट्री लगेको भन्ने सूचना पाउनेबित्तिकै  बुटवलस्थित उनको डेरामा गएर खानतलासी गर्दा ब्याट्री बरामद भएको प्रहरीले जनाएको छ । गुल्मीको धुर्कोट गाउँपालिका–६ धुर्कोटकोटमा रहेको पुरानो टावरबाट ४८ वटा ब्याट्री चोरी भएको भन्ने नेपाल टेलिकम दूरसञ्चार कार्यालय तम्घासको पत्र प्राप्त भएपछि चोरीमा संलग्न रहेको अभियोगमा सत्येन्द्रलाई पक्राउ गरेको एसपी भट्टराईले बताए ।

उनलाई गुल्मी जिल्ला अदालतबाट म्याद थप गरी घटनाको बारेमा थप अनुसन्धान भइरहेको एसपी भट्टराईले बताए । अभियुक्तले चोरी गरी लगेका ब्याट्रीहरु भारतमा महंगो मूल्य पर्ने भएकाले बिक्री गर्न लैजाँदै गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?