+
+

लुम्बिनीमा थप ३ मन्त्रालयको जिम्मा मन्त्री चौधरीलाई

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २२ गते १७:५९

२२ भदौ, बुटवल । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसको भागमा परेका थप तीन मन्त्रालयको जिम्मेवारी पर्यटन, ग्रामीण तथा सहरी विकासमन्त्री डिल्ली चौधरीलाई दिइएको छ ।

गठबन्धनमा रहेका दलहरुबीच भागवण्डा मिलाउन नसक्दा मन्त्रिपरिषद विस्तारमा समय लागेपछि कांग्रेसको भागमा पर्ने तीनवटा मन्त्रालयको जिम्मेवारी मन्त्री चौधरीलाई दिइएको हो ।

उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, वन वातावरण तथा भु संरक्षण मन्त्रालय र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी पनि अब मन्त्री चौधरीले सम्हाल्नेछन् । मन्त्रिपरिषद विस्तार नहुँदासम्म लागि मुख्यमन्त्री कुलप्रसाद केसीले तीन मन्त्रालयको जिम्मेवारी आफूलाई प्रदान गरेको मन्त्री चौधरीले बताए ।

नेपाली कांग्रेसले एक राज्य मन्त्रीसहित चार जनालाई सरकारमा पठाउने तयारी गरेको छ । तर मन्त्रीका आकांक्षी धेरै भएपछि पार्टीले मन्त्री टुंगो लगाउन सकेको छैन । लुम्बिनीमा साउन २८ गते माओवादी केन्द्रका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका थिए ।

सोही दिन नेपाली कांग्रेसका चौधरी र माओवादी केन्द्रका कृष्णध्वज खड्का आर्थिक मामिला मन्त्री, जनता समाजवादी पार्टीका सहसराम यादव भौतिक पूर्वाधार विकासमन्त्री तथा जसपाकै दुईजना र स्वतन्त्र सांसद अजय शाही विना विभागीय मन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री केसीले ५ वटा मन्त्रालय आफैंसँग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?