+
+

एमसीसी खारेजीको माग गर्दै जनमोर्चाको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २२ गते १८:०५

२२ भदौ, काठमाडौं । राष्ट्रिय जनमोर्चा काठमाडौं जिल्ला समितिले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता खारेजीको माग गर्दै प्रदर्शन भएको छ ।

‘राष्ट्रिय स्वाधिनताको रक्षा गरौं, अमेरिकी सामाजवादविरूद्ध राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर’ भन्दै जनमोर्चाले काठमाडौंको शान्ति बाटिकामा प्रदर्शन तथा खबरदारी सभा गरेको हो ।

विरोध तथा खबरदारी सभालाई सम्बोधन गर्दै नेकपा मसालका केन्द्रीय प्रवक्ता रामप्रकाश पुरीले एमसीसी परियोजना नेपालको हित विपरीत रहेको भन्दै खारेजी हुनु पर्ने बताए ।

विरोध सभामा राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष तथा पुर्वसांसद मिना पुनले एमसीसी परियोजना कार्यान्वयनमा आए मुलुकको राष्ट्रियता र स्वाधीनतामा गम्भीर असर पर्ने भन्दै एमसीसी परियोजना खारेज नभएसम्म आम जनसमुदायले खबरदारी जारी राख्नुपर्ने जिकिर गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?