+
+

तनहुँमा एमालेका १३ जनप्रतिनिधि एकीकृत समाजवादीमा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २२ गते १९:५९

२२ भदौ, पोखरा । तनहुँमा नेकपा एमालेका १३ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी रोजेका छन् । जिल्ला निर्वाचन कार्यालय तनहुँले दिएको जानकारी अनुसार एकीकृत समाजवादी रोज्नेमा ५ जना वडाध्यक्ष र ८ जना वडा सदस्य छन् ।

एकीकृत समाजवादी रोज्ने वडाध्यक्षमा शुक्लागण्डकी नगरपालिकाका ४ जना र व्यास नगरपालिकाका एक जना रहेका छन् । शुक्लागण्डकी नगरपालिका-३ का वडाध्यक्ष रामकुमार श्रेष्ठ, ५ का वडाध्यक्ष दीर्घबहादुर थापा, ७ का वडाध्यक्ष रामबहादुर थापा क्षेत्री, ११ का वडाध्यक्ष दलबहादुर थापा छन् । त्यस्तै, व्यास नगरपालिका ४ का वडाध्यक्ष विश्व न्यौपानेले एकीकृत समाजवादी रोजेका छन् ।

नेकपा एकीकृत समाजवादी रोज्ने वडा सदस्यहरुमा शुक्लागण्डकी- ५ का वडा सदस्य थमबहादुर थापा, वडा नम्बर ९ का वडा सदस्य दिलबहादुर थापा, वडा नम्बर ११ वडा सदस्य डोलमाया विक, रिताकुमारी भुजेल थापा, सानुमाया महत र थमन आले छन् ।

त्यस्तै, व्यास ४ का वडा सदस्य मनबहादुर गुरुङ र आँबुखैरेनी गाउँपालिका ६ का वडा सदस्य सञ्जय गुरुङले पनि समाजवादी रोजेका निर्वाचन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?