+
+

गोरखामा घाँस काट्न गएका व्यक्ति बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २२ गते २०:४३
फाइल तस्वीर

२२ भदौ, गोरखा । गोरखाको गण्डकी गाउँपालिकामा त्रिशूली नदी किनारमा घाँस काट्न गएका एक व्यक्ति बेपत्ता भएका छन् । गण्डकी गाउँपालिका–८ सिउरेनिटारको बाँदरेघाटमा घाँस काट्न गएका सोही ठाउँका ६५ वर्षीय भक्तबहादुर माझी सोमबार दिउँसोदेखि बेपत्ता भएका हुन् ।

घाँस काट्न घरबाट निस्केका उनी अबेरसम्म पनि घर नफर्केपछि आफन्तले प्रहरी चौकी घ्याल्चोकमा खबर गरेका थिए । त्यसपछि खोजतलासका लागि निस्केको प्रहरी टोलीले नदी किनारमा बेपत्ता व्यक्तिको चप्पल, सुर्ती, लाइटर र घाँस काट्ने हँसिया फेला पारेको थियो ।

घाँस काट्न जाँदा हातमुख धुने क्रममा माझीलाई त्रिशूली नदीले बगाएको हुनसक्ने प्रहरीको अनुमान छ । जिल्ला प्रहरी कार्यालय चितवनसँग समन्वय गरी स्थानीयको सहयोगमा बेपत्ता माझीको खोजी कार्य भइरहेको डीएसपी प्रकाश दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?