+
+

मेक्सिकोमा गर्भपतनलाई गैरकानूनी नमान्न आदेश

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २३ गते ८:२१

२३ भदौ, काठमाडौं । मेक्सिकोको सर्वोच्च अदालतले गर्भपतनलाई गैरकानूनी नमान्न आदेश दिएको छ ।

गर्भपतन गराएकाहरुलाई अपराध गरेसरह दण्ड दिएमा असंवैधानिक हुने सर्वोच्च अदालतले ठहर गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीशहरुको सर्वसम्मतबाट भएको यो फैसलालाई मेक्सिकोमा महिला अधिकारको पक्षमा भएको ऐतिहासिक फैसला मानिएको छ । गर्भपतन गराएका कारण जेल सजायँ पाएका महिलाहरू अब रिहा हुनेछन् ।

गर्भपतनसम्बन्धी अधिकारको वकालत गर्दै आएको द इन्फरमेसन ग्रुप अन रिप्रडक्टिभ चोइसले अदालतको फैसलालाई ‘ऐतिहासिक’ भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?