+
+

लुम्बिनीकी जसपा सांसद मुडभरीले लिइन् सपथ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २३ गते १४:३६

२३ भदौ, बुटवल । लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टीकी सांसद निर्मला मुडभरी भट्टराईले सपथ लिएकी छन् । सभामुख पूर्णबहादुर घर्तीले मुडभरीलाई बुधबार सपथ गराएका हुन् ।

प्रदेशसभा सदस्य कल्पना पाण्डे लम्साललाई पाार्टीको निर्णयविपरीत यसअघिको शंकर पोखरेल नेतृत्वको सरकारमा गएपछि जसपाले कारबाही गरेर पदमुक्त गरेको थियो । उक्त रिक्त स्थानमा समानुपातिक मधेशी समावेशी समूहबाट निर्वाचन आयोगको भदौ १० गतेको बैठकले निर्मलालाई निर्वाचित गरेको थियो ।

जसपाले कल्पना पाण्डेसहित सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादवलाई पनि कारबाही गर्दै प्रदेशसभा सदस्यबाट निलम्बन गरेको थियो । पाण्डेय र यादव भने प्रत्यक्ष निर्वाचित हुन् ।

मुडभरी निर्वाचित भएसँगै लुम्बिनीमा जसपाका सांसद ४ जना पुगेका छन् । लुम्बिनी प्रदेशसभामा प्रमुख विपक्षी दल एमालेका ३६, नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १९ (सभामुखबाहेक), राष्ट्रिय जनमोर्चाका १ र स्वतन्त्र राजनीतिक समूहका १ जना गरी ८१ जना सांसद छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?