सभामुखले निष्पक्ष भूमिका नखेलेकाले विरोध गर्नुपर्यो : योगेश भट्टराई


२३ भदौ, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव योगेश भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाले निष्पक्ष भूमिका निर्वाह नगरेकाले आफ्नो पार्टीले संसदमा विरोध गर्नुपरेको बताएका छन् ।
संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले दलले ह्वीप जारी गरेर निष्कासन गरेका आफ्ना दलका सांसदहरुलाई कारबाहीको सूचना जारी नगरेर सभामुख सापकोटाले एमाले फुटाउन सघाएको आरोप लगाए ।
‘सभामुखले निष्पक्ष खालको व्यवहार नगरेको हाम्रो टिप्पणी छ । एउटै केसका विभिन्न दलहरुलाई विभिन्न ढंगले ट्रिट गर्नु भएको छ । संसदीय व्यवस्थामा पार्टी नै प्रधान हुन्छ,’ उनले भने, ‘पार्टीका सांसदहरुलाई पार्टीको अनुशासन हुन्छ । त्यो अनुशासन उल्लंघन भयो भने कारबाहीको सूचना दिन्छ । त्यो सूचनालाई जारी गर्न सभामुखले निष्पक्ष भूमिका खेल्नु भएन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4