+
+

छत्रपाटी निःशुल्क चिकित्सालयको आठतल्ले अत्याधुनिक भवन बन्ने 

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २४ गते १८:१८

२४ भदौ, काठमाडौं । काठमाडौंको क्षेत्रपाटीमा रहेको छत्रपाटी निःशुल्क चिकित्सालयले अत्याधुनिक भवन बनाउने भएको छ । हाल सञ्चालनमा रहेको अस्पतालसँगैको जग्गामा ३५ करोड रुपैयाँको लागतमा आठतल्ले अत्याधुनिक भवन बन्ने भएको हो ।

बिहीबार काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीले संयुक्त रुपमा भवनको शिलान्यास गरेका छन् ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मेयर शाक्यले छत्रपाटी निःशुल्क चिकित्सालय नयाँ युगमा प्रवेश गरेको बताउँदै रकम अभावका कारण भवन निर्माण सम्बन्धी कार्य नरोकिने प्रतिबद्धता व्यक्त गरे । उनले जनताको सेवामा समर्पित र राम्रो काम हुने ठाउँमा रकम अभाव हुन नदिने बताए ।

उपमेयर खड्गीले छत्रपाटी निःशुल्क चिकित्सालयले काठमाडौंभित्रका ‘कोर सिटी’का जनताको सेवामा कुनै कसर बाँकी नराखेको बताइन् ।

काठमाडौं महानगरपालिकाले उपलब्ध गराएको पाँच करोड तथा अन्य दाताहरुले उपलब्ध गराएको थप डेड करोड रुपैयाँसहित निर्माण शुरु गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा. मनोजमान श्रेष्ठले जानकारी दिए । दाताहरुबाट संकलित सहयोग रकमबाट अस्पताल भवन निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए ।

छत्रपाटी निःशुल्क चिकित्सालय २०१३ साल माघ २३ गते १० रुपैयाँको  पूँजीबाट शुरु भएको नेपालको पुरानो सामुदायिक स्वास्थ्य संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?