+
+

रुपन्देहीमा चट्याङ लागेर १ जनाको मृत्यु, ३ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २५ गते ८:११

२५ भदौ, बुटवल । रुपन्देहीको मर्चवारमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

जिल्लाको मर्चवारी गाउँपालिका वडा नम्बर ३ रायपुर कोमरवाका अन्दाजी १५ वर्षीय श्यामसुन्दर यादवको चट्याङ लागेर मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता सत्य नारायण थापाले जानकारी दिए ।

बिहीबार साँझ करीब ५ः३० बजे यादवसित दुई जना खेतबाट घाँस काटेर आउने क्रममा चट्याङ लागेको थियो । श्यामसुन्दरसँगै रहेका ११ वर्षीय सन्तोष यादव घाइते भएका छन् ।

यसैगरी सोही समयमा मर्चवारी १ कोटहिहवाको इन्द्रवती यादव, माया यादव, गौरी यादव र विश्वनाथ यादव पनि चट्याङबाट घाइते भएको थापाले बताएका छन् ।

घाइतेहरूलाई उपचारका लागि भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?