+
+

५७६ मेगापिक्सेलको क्यामरा बनाउँदै सामसुङ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २५ गते १२:०८

२५ भदौ, काठमाडौं । विश्वको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स् कम्पनी मध्येको एक सामसुङ आफ्ना प्रडक्टहरुमा उत्कृष्ट गुणस्तर तथा प्रविधिका लागि लोकप्रिय छ ।

सामसुङका सबै इलेक्ट्रोनिक्स प्रडक्टहरुलाई लिएर मानिसहरु उत्साहित हुने गर्दछन् । साथै सामसुङका स्मार्टफोनहरुलाई लिएर मानिसहरुमा छुट्टै खालको उत्साह हुने गर्दछ ।

सामसुङ संसारको सबैभन्दा लोकप्रिय तथा ठूलो स्मार्टफोन ब्राण्ड हो । आफ्ना हरेक स्मार्टफोनमा उत्कृष्ट प्रविधिको माध्यमबाट सामसुङले प्रयोगकर्तालाई आकर्षित गर्ने प्रयास गर्दछ । यहीँ सिलसिलामा सामसुङले क्यामरा प्रविधिको क्षेत्रमा अभूतपूर्व उपलब्धी हासिल गर्ने भएको छ ।

एक रिपोर्ट अनुसार स्मार्टफोन क्यामरा प्रविधिको प्रयोग गरी सामसुङले ५ सय ७६ मेगापिक्सेलको क्यामरा निर्माण गर्ने काम गरिरहेको छ । यद्यपि उक्त क्यामरा बनेर तयार हुनका लागि ४ वर्ष अर्थात् सन् २०२५ सम्मको समय लाग्न सक्दछ ।

सामसुङका वरिष्ठ उपाध्यक्ष तथा अटोमोटिभ सेन्सर्स विभागका प्रमुख हार्चाङ्ग ली ले सेमी युरोप सम्मेलन २०२१ मा क्यामरा सेन्सरको मार्गचित्रका बारेमा कुराकानी गर्दै एक प्रस्तुति दिएका थिए । जसमा सन् २०२५ सम्ममा ५ सय ७६ मेगापिक्सेलको क्यामराको बारेमा चर्चा गरिएको थियो ।

उनको उक्त प्रस्तुतिबाट के अनुमान लगाउन सकिन्थ्यो भने सामसुङले बनाउने ५ सय ७६ मेगापिक्सेलको क्यामरा अटोमोबाइल क्षेत्रमा प्रयोग गरिनेछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?