+
+

कुलमानविरुद्ध परेको रिटको सुनुवाइ स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २५ गते १२:३६

२५ भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ स्थगित भएको छ ।

प्राधिकरणका निवर्तमान प्रमुख हितेन्द्रदेव शाक्यले दायर गरेको रिटको पेशी प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा चढेको थियो । तर रिट निवेदककै कानून व्यवसायीको निवेदनमा सुनवाइ स्थगित भएको छ ।

प्रधानन्यायाधीश जबराकै एकल इजलासले ८ भदौमा मिसिल झिकाउन आदेश दिएको थियो । त्यसयता यो मुद्दामा सुनुवाइ हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?