+
+
Shares

प्राधिकरण सुधारका लागि गम्भीर समीक्षा र सुधार आवश्यक : कुलमान घिसिङ

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्राधिकरणको नाफा संकुचन भएकाले यसको गम्भीर समीक्षा र सुधार आवश्यक रहेको बताएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १ गते ७:१७
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्राधिकरणको नाफा संकुचन भएकाले यसको गम्भीर समीक्षा र सुधार आवश्यक रहेको बताएका छन्।
  • प्राधिकरणको ४१औँ वार्षिकोत्सवमा उनले प्राधिकरणलाई कमजोर नबनाई थप सक्षम, सबल, व्यावसायिक र जनउत्तरदायी बनाउनुपर्नेमा जोड दिएका छन्।
  • उनले लोडसेडिङको अन्त्यदेखि विद्युत् निर्यातसम्मको प्राधिकरणको यात्रा प्रेरणादायी रहेको उल्लेख गर्दै सक्षम नेतृत्वले संस्थानलाई समृद्धिको संवाहक बनाउन सक्ने बताएका छन्।

१ भदौ, काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणको नाफा संकुचन भइरहेको भन्दै यस विषयमा गम्भीर समीक्षा र सुधार आवश्यक रहेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत सोमबार प्राधिकरणले ४१औँ वर्ष पूरा गरेको अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् ।

उनले लेखेका छन्, ‘आज प्राधिकरणको नाफा संकुचन भइरहेको (आव २०८१/८२ को १२ अर्बबाट आव २०८२/८३ मा करअघिको नाफा करिa ५ अर्ब मात्र रहेको) विषयमा गम्भीर समीक्षा र सुधार आवश्यक छ । तर यसको विकल्प प्राधिकरणलाई कमजोर बनाउनु होइन, अझ सक्षम, सबल, व्यावसायिक, पारदर्शी र जनउत्तरदायी बनाउनु हो ।’

विद्युतको विश्वसनीय सेवा, ऊर्जा आत्मनिर्भरता, विद्युत निर्यातको विस्तार र समृद्ध नेपालको राष्ट्रिय संकल्पमा प्राधिकरणको भूमिका अझ प्रभावकारी बन्नेमा उनले विश्वास व्यक्त गरेका छन् ।

कुनै समय ‘लोडसेडिङ गराउने संस्था’ का रूपमा चिनिएको प्राधिकरणले आर्थिक वर्ष २०७२/७३ पछि आफ्नो पहिचान नै बदलेको उनले स्मरण गरेका छन् ।

उनले लेखेका छन्, ‘लोडसेडिङको अन्त्यदेखि झन्डै शतप्रतिशत विद्युतीकरणसम्म, विद्युतको खुद आयातकर्ताबाट खुद निर्यातकर्ता बन्नेदेखि घाटाको संस्था नाफामा आई राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अवस्थासम्मको यात्रा आफैंमा परिवर्तनको एउटा प्रेरणादायी कथा हो । २०७२/७३ नेपालको ऊर्जा इतिहासको ‘टर्निङ प्वाइन्ट’ थियो । त्यसअघि अँध्यारो, अभाव र घाटाको कथा थियो; त्यसपछि उज्यालो, आत्मविश्वास र सम्भावनाको नयाँ अध्याय सुरु भयो । यस यात्राले एउटा महत्वपूर्ण सन्देश पनि दिएको छ-सार्वजनिक संस्थान राष्ट्रका बोझ मात्र होइनन्, सक्षम नेतृत्व, इमानदार व्यवस्थापन र स्पष्ट उद्देश्य पाए राष्ट्रिय समृद्धिका बलिया संवाहक बन्न सक्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?