+
+
Shares

चुनावको परिणामले हार मानेका छैनौं : कुलमान घिसिङ

‘आगामी दिनमा जनताको विश्वासलाई शक्तिमा परिणत गर्नेगरी हामी अघि बढ्छौं ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ३० गते २१:०९

३० जेठ, काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले चुनावको परिणामलाई लिएर हार नमानेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष घिसिङले चूनावमा सोचेजस्तो परिणाम नआएपनि हार नमानेको बताएका हुन् ।

उनले पार्टीलाई थप बलियो र देशव्यापी बनाएर लैजाने बताए । ‘पछिल्लो निर्वाचन हाम्रा लागि अनुभव र सिकाइ भएकाले यो सफलताका लागि पहिलो खुट्किलोका रूपमा हामीले लिएका छौं,’ घिसिङले भने ।

जनताको विश्वास र माया आफूहरूले नगुमाएको उनले दाबी गरे । उनले भने, ‘आगामी दिनमा जनताको विश्वासलाई शक्तिमा परिणत गर्नेगरी हामी अघि बढ्छौं ।’

अबको समय पार्टी विस्तारमा लाग्नुपर्नै बताउँदै उनले सदस्यता वितरण गर्नको लागि अभियानको रूपमा नै अघि बढ्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?