+
+
Shares

रास्वपा सरकारबाट जनताको आशा पूरा हुन्छ भन्ने विश्वास छैन : कुलमान घिसिङ

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २२ गते १६:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारबाट जनताको आशा र भरोसा पूरा नहुने बताए ।
  • सरकारको दुई महिनाको कामकारबाहीले जनताका समस्या सम्बोधन गर्न नसक्ने दाबी उनले गरे ।
  • सरकार असफल भएमा आफ्नो पार्टीले जनताका समस्या बोकेर सशक्त विकल्पका रूपमा अघि बढ्ने उनले उल्लेख गरे ।

२२ जेठ, काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र (रास्वपा) को सरकारबाट जनताले आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास नभएको बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनताले दुई तिहाई मत दिएको उक्त पार्टीको हालसम्मको कामकारबाही हेर्दा उनीहरूले जनताको समस्या सम्बोधन गर्छ भन्ने विश्वास गर्न नसकिने जिकिर गरेका हुन् ।

‘दुई महिनामा यो दुई तिहाइ मत दिएको सरकारको जुन किसिमको कार्य नेपाली जनताले देखेका छन् । हामीले हेरेका छौँ– त्यो पार्टीबाट पनि नेपाली जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने हामीलाई विश्वास लागेका छैन,’ उनले भने, ‘हाम्रो लागि यो सरकार राम्रोसँग सफल होस भन्ने कामना हो । किनभने नेपाली जनताले सधै परिवर्तन खोजेको छ । परिवर्तनको लागि यत्रो ठूलो दुई तिहाइ मत दिएको छ । यो सरकार सफल होस, हरेक क्षेत्रमा सफल होस भन्ने हाम्रो सुझाव पनि रहेको छ ।’

अध्यक्ष घिसिङले जनताले विश्वास गरेको पार्टीको सरकारका हरेक गतिविधि सफल होस् भन्ने चाहना आफूहरूको रहेपनि सरकारले सोही अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

अध्यक्ष घिसिङले जनताले नयाँ पार्टीको पनि विकल्पको रुपमा आफनो पार्टीलाई लिएको दाबी समेत गरे ।

‘सरकारले राम्रोसँग काम गर्न सकेन भने नेपाली जनतालाई निराश हुन हामी दिँदैनौ । त्यसको प्रतिवाद गर्छौं । र उज्यालो नेपाल पार्टी सधैँ जनताको माझमा रहेका जनताको समस्याहरू बोकेर अघि बढ्छ । र नेपालको सशक्त पार्टीको रुपमा विकास गर्दैछौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?