+
+
Shares

वर्तमान सरकार जनतामा आशा र विश्वास जगाउन असफल भयो : कुलमान घिसिङ

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २७ गते १८:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकार जनतामा विश्वास र आशा जगाउन पूर्णरूपमा असफल भएको आरोप लगाएका छन् ।
  • गणेश नेपालीको आत्मदाहलाई उनले लामो मानसिक तनाव र प्रणालीगत असफलताको परिणाम भएको भन्दै सरकार नागरिकप्रति जिम्मेवार नभएको टिप्पणी गरेका छन् ।
  • अध्यक्ष घिसिङले धनी र गरिबबीचको खाडल कम गर्न जलविद्युत्, कृषि र पर्यटनमा आधारित हरित क्रान्तिसहितको नयाँ विकास मोडल अघि सारेका छन् ।

२७ असार, काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकार जनतामा विश्वास र आशा जगाउन असफल भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष घिसिङले जेनजी आन्दोलनपछि बनेको करिब दुईतिहाइको सरकारबाट जनताले ठूलो सामाजिक र आर्थिक परिवर्तनको आशा गरेपनि जनतामा विश्वास र आशा जगाउन सरकार असफल भएको बताए ।

उनले आम जनता, विशेष गरी गरिब र निमुखा वर्गमा निराशा को वातावरण बढ्दै गएको उल्लेख गरे ।

गणेश नेपालीको आत्मदाह लामो मानसिक तनाव र प्रणालीगत असफलताको परिणाम भएको उनको भनाइ छ । साथै, उनले अहिले व्यक्तिगत र सरकारी दुवै तहमा नागरिकप्रतिको जिम्मेवारीको अभाव देखिएको टिप्पणी गरे ।

उनले उज्यालो नेपाल पार्टीले धनी र गरिबबीचको खाडल कम गर्न विशेष विकास मोडल अघि सारेको उल्लेख गरे ।

उक्त मोडलको मुख्य आधार ‘हरित क्रान्ति’ भएको भन्दै उनले जलविद्युत्, कृषि र पर्यटन जस्ता स्रोतहरूको सदुपयोग गर्दै आर्थिक रूपान्तरण गर्ने लक्ष्य राखेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?