News Summary
Generated by OK AI. Editorially reviewed.- गुल्मीको रेसुंगा महापोखरी क्षेत्रमा महिला विकास मञ्च नेपालको आयोजनामा सरसफाइ तथा वृक्षरोपण गरिएको छ।
- साउन महिनाको धार्मिक मेलापछि थुप्रिएका प्लास्टिकजन्य फोहोर व्यवस्थापन गर्दै परिसरमा विभिन्न जातका फूलका बिरुवा रोपिएका छन्।
- हाम्रो साहस कार्यक्रमअन्तर्गत पैरवी समूहमा आबद्ध महिलाहरूले रेसुंगा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले उक्त कार्य गरेका हुन्।
१ भदौ, गुल्मी । गुल्मीको रेसुंगा महापोखरी क्षेत्रमा सरसफाइ तथा वृक्षरोपण गरिएको छ ।
साउन महिनाभर रेसुंगामा लाग्ने धार्मिक मेलामा दर्शनार्थीले पूजाआजा तथा भ्रमणका क्रममा छोडेका प्लास्टिकजन्य सामग्रीसहित पोखरी आसपासमा जम्मा भएको फोहोर संकलन गरी सरसफाइ गरिएको हो ।
महिला विकास मञ्च नेपाल गुल्मीले रेसुंगा क्षेत्रको संरक्षण तथा सम्वर्द्धनमा सहयोग पुर्याउने उद्देश्यले ‘हाम्रो साहस’ कार्यक्रमअन्तर्गतका पैरवी समूहमा आबद्ध महिलाहरूको सहभागितामा सरसफाइ गरिएको हो ।
संस्थाकी अध्यक्ष हिरा कुँवरका अनुसार सरसफाइसँगै विभिन्न जातका फूलका बिरुवासमेत रोपिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4