+
+

नेपाल एयरलाइन्सलाई कम्पनी मोडलमा रुपान्तरण गर्ने सरकारको संकेत

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २५ गते १८:३५
फाइल तस्वीर

२५ भदौ, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले नेपाल एयरलाइन्सलाई कम्पनी मोडलमा रुपान्तरण गर्ने प्रक्रिया थालेपछि त्यहाँ कार्यरत कर्मचारी अझै पनि आन्दोलनमा छन् । उनीहरुले महाप्रवन्धक समेतलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् । यता, वर्तमान सरकारले समेत नेवानिलाई कम्पनी मोडलमै रुपान्तरण गर्ने संकेत गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेटको प्रतिस्थापन विधेयकमार्फत सरकारको मातहत रहेका सम्भाव्य सार्वजनिक संस्थानलाई आवश्यकता अनुसार पूर्ण सरकारी स्वामित्वका कम्पनी मोडलमा रुपान्तरण गर्ने उल्लेख छ । यस्ता कम्पनीलाई पुँजीबजारमा सूचिकृत गर्दै आत्मनिर्भर र लगानीको थप स्रोत जुटाएर सक्षम बनाउँदै लैजाने नीति लिने मन्त्री शर्माले बताएका छन् ।

उता, निरन्तर घाटामा गएका सार्वजनिक संस्थानलाई भने संरचनागत र व्यवस्थापकीय सुधार गरी सञ्चालन, खारेज व अन्य उपयुक्त विधिबाट व्यवस्थापनको नीति लिने घोषणा समेत अर्थमन्त्री शर्माले गरेका छन् । उनको यो घोषणाले नेपाल एयरलाइन्सलाई कम्पनी मोडलमा लैजान सहज हुने छ । यथास्थितिमा संस्थान चल्न नसक्ने र नयाँ निर्णय लिँदा कर्मचारीको अवरोधका कारण निगम धरासायी हुने अवस्थामा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?