+
+

दुई खेलका खेलाडीलाई आर्थिक सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २५ गते १९:२७

२५ भदौ, काठमाडौं । राष्ट्रिय खेलाडी कल्याणकारी कोषले दुई खेलका खेलाडीलाई स्वास्थ्य उपचारका लागि शुक्रबार आर्थिक सहयोग प्रदान गरेको छ ।

टेबलटेनिसका चन्दन शाहीलाई ७० हजार तथा तेक्वान्दोका महमद वेशलाई ८० हजार रुपैयाँ सहयोग प्रदान गरियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले उक्त रकम बराबरको चेक हस्तान्तरण गरे ।

महमदको चेक तेक्वान्दोका प्रमुख प्रशिक्षक नवीणकुमार श्रेष्ठलाई सम्बन्धितलाई हस्तान्तरण गर्ने गरी प्रदान गरिएको थियो ।

उक्त अवसरमा राखेप एवं कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवर, कोषका सदस्य-सचिव समेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, आर्थिक प्रशासन शाखाका प्रमुख ऋखिराम पोखरेललगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?