+
+

नवोदितको ‘समयको बयान’ बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २७ गते १२:०५

२७ भदौ, काठमाडौं । युवाकवि मीनकुमार नवोदितको ‘समयको बयान’ कवितासंग्रहको विमोचन गरिएको छ । नेपाल साहित्यिक पत्रकार संघले शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा वरिष्ठ कवि तुलसी दिवसले कविता संग्रहको विमोचन गरे ।

कवितासंग्रहकाबारे समालोचक प्रमोद प्रधानले समीक्षा गर्दै नवोदितको कवितासंग्रह समयको बयानले मुलुकको अहिलेको अवस्था देखिएको बताए । उनले भने, ‘मीनकुमार नवोदितको समयको बयानले वास्तवमै अहिलेको युगको बयान गरेको छ । यस संग्रहले नवोदितलाई निकै माथि उठाउँछ ।’

समालोचक ज्ञानु अधिकारीले नेपाली कविता साहित्यकै सबैभन्दा पुरानो विधा भएको बताउँदै नवोदितको कवितासंग्रहले त्यो इतिहासमा एउटा इँटा थपेको चर्चा गरिन् ।

कार्यक्रममा कविहरू विमल भौकाजी, उमेश राई अकिन्चन, शकुन्तला जोशी, महेश पौड्याल, शुभलक्ष्मी लम्साल, रामगोपाल आशुतोष, मन्जिला उपाध्यायले नवोदितका कविताहरू वाचन गरे ।

नेपाल सरकारबाट २०७७ सालको युवावर्ष मोती पुरस्कारबाट पुरस्कृत नवोदितका यसअघि ‘फूलबारीभित्रका भमराहरू’ र ‘झरीले रुझेको गाउँ’ गरी दुई कवितासंग्रह प्रकाशित भइसकेका छन् । रत्न पुस्तक भण्डारले प्रकाशित गरेको कवितासंग्रहमा ‘समयको बयान’ मा ४२ वटा कविता संग्रहित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?