+
+

भन्सार विन्दुमा भेइकल स्क्यानर जडान गर्न अर्थमन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २७ गते १४:२४

२७ भदौ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार बिन्दुमा यथाशिघ्र भेइकल स्क्यानर जडान गर्न निर्देशन दिएका छन् ।

भन्सार विभागले आयोजना गरेको दुईदिने भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री शर्माले भेइकल स्क्यानर जडानको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका हुन् ।

भेइकल स्क्यानर जडान भएपछि भन्सार बिन्दुमा आउजाउ गर्ने सवारी साधनमा लोड भएका मालवस्तु ‘म्यानुअली’ चेकजाँच गर्नुपर्दैन । उनले मालवस्तुको वर्गीकरण र मुल्यांकनमा इमान्दारिता कायम गरी राजश्व बढाउन समेत उनले कर्मचारीलाई निर्देशन दिए ।

कार्यक्रममा अर्थ सचिव मधुकुमार मरासिनीले भन्सार प्रशासनले तीन ‘स’ को अवधारणामा काम गर्न आग्रह गरे । उनले सुधार, सहजीकरण र सुशासनको अवधारणालाई आत्मसात गरी काम गर्नुपर्नेमा जोड दिए ।

उनले सरुवाको लागि कुनै पनि दल, नेता वा संगठनको फोन लगाउने कार्य तत्काल बन्द गर्न समेत कर्मचारीलाई आग्रह गरे । सरुवाको लागि फोन गराई दवाब सृजना गर्ने कर्मचारीको माग सुनुवाई नहुने उनको स्पष्टोक्ति थियो ।

राजश्व सचिव कृष्णहरि पुष्करले सेवाग्राहीले कर्मचारीको इमान्दारितामाथि कुनै पनि प्रकारका प्रश्न उठाउन नसक्ने गरी काम गर्न निर्देशन दिए । उनले सेवाग्राहीका गुनासालाई तत्काल सम्बोधन गर्ने गरी काम गर्नुपर्नेमा जोड दिए ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले प्रतिस्थापन विधेयकमार्फत स्वदेशी उद्योगहरुको संरक्षण र प्रोत्साहन गर्नेगरी नीति आएकोमा सरकारलाई धन्यवाद दिए ।

उनले करको दर हेरफेरमा निजी क्षेत्रको सुझाव समेटिएको भन्दै खुशी व्यक्त गरे । स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न कच्चा पदार्थ आयातमा तयारी वस्तुको तुलनामा दुई तह कम दरको कर लगाउनुपर्नेमा जोड दिए ।

भन्सार विभागका महानिर्देशक नारायण प्रसाद सापकोटाले लक्ष्यअनुसार राजश्व संकलन गरिने प्रतिवद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?