
नायक सरोज खनालले ‘जीवनको पाना’ बोलको गीत शनिबार सार्वजनिक गरे । यो गीतमा मदनकृष्ण श्रेष्ठको स्वर छ । भिडियोमा सरोजले अभिनय गरेका छन् । यो गीतको भिडियोमा सरोजले अघिल्ला पुस्ताका कलाकारलाई अहिलेका निर्देशकले कलाकार नै होइनन् भन्ने गरेको बिषय समेत उठाएका छन् ।
यो बिषयमा सरोजले मिडिया कुराकानीमा भने–‘मैल केही अन्तरवार्ताहरु हेरेको थिएँ । जहाँ अहिलेका नयाँ निर्देशकहरुले राजेश हमाल, भूवन केसी लगायतका नायकहरुलाई नायक हुन् र भनेर प्रश्न गरेका छन् । त्यसैको लागि यो गीत मेरो जवाफ हो । म भन्दा सिनियर कलाकारको नाम लिनु मलाई भन्नु बराबर नै हो ।’
सरोजले नायक भुवन केसीलाई देखेपछि आफूले पनि हिरो बन्न सक्छु भनेर सोच बोकेको बताए । उनले भने–‘मैले अभिनय सिकेको नै भुवन केसीबाट हो । उहाँको जुँगा देखेपछि मैले पनि जुँगा राखेको थिएँ । यस्ता व्यक्तिलाई गाली गर्दा आफैलाई गरेको जस्तो लाग्ने रहेछ ।’
सरोज खनालले भिडियोमा आफ्नो विगतको अवस्थालाई उतारेका छन् । अहिले, यो गीतको भिडियोले चौतर्फी प्रशंसा पनि पाइरहेको छ ।
केही समय अगाडि एक अन्तरवार्तामा निर्देशक निश्चल बस्नेतले ‘राजेश हमाल, भुवन केसी’ लगायतको चलचित्र चल्न छाडेको भन्दै उनीहरुलाई चलचित्रमा नलिएको बताएका थिए । सरोजको यो जवाफ निर्देशक बस्नेतप्रति लक्षित रहेको धेरैको वुझाई छ ।
प्रतिक्रिया 4