+
+

थप ९११ जनामा कोरोना संक्रमण, १,४२३ जना निको भए

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २७ गते १६:५६

२७ भदौ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ७ हजार ८७८ नमुनाको पीसीआर परीक्षणमा ८३८ जना र ३ हजार १४० नमुनाको एन्टिजेन परीक्षण गर्दा ७३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा १ हजार ४२३ जना संक्रमणमुक्त भएका छन् भने १३ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ६३ हजार ८५७ पुगेको छ । तीमध्ये ७ लाख ३९ हजार ४५७ जना निको भएका छन् भने १० हजार ९४९ जनाको मृत्यु भएको छ ।

देशभर रहेका सक्रिय संक्रमितमध्ये २५ हजार १७१ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ५८६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ४५४ जनाको आईसीयू र १४० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

नयाँ संक्रमितमध्ये ३०९ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका १८७, ललितपुरका ५६ र भक्तपुरका ६६ जना छन् ।

मन्त्रालयका अनुसार प्रदेश १ मा १६८, प्रदेश २ मा ११ तथा बागमती प्रदेशमा ३६२ जना संक्रमित थपिएका छन् । यस्तै गण्डकीमा १७०, लुम्बिनीमा ६३, कर्णालीमा ४५ र सुदूरपश्चिम प्रदेशमा थप १९ जनामा संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?