+
+

‘सामसुङका फोल्डेबल स्मार्टफोन लामो अनुसन्धान र विकासको उपज’

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २७ गते १८:४३

२७ भदौ, काठमाडौं । सामसङ नेपालले ग्यालेक्सी जी सिरिजका दुई प्रिमियम स्मार्टफोन नेपाली बजारमा ल्याएपछि चर्चा चुलिएको छ । लामो समयको अनुसन्धानपछि प्रविधिको विकाससँगै सामसुङले ग्यालेक्सी जी फोल्ड ३ फाइभ-जी र जी फ्लिप ३ फाइभ-जी स्मार्टफोनहरु नेपाली बजारमा ल्याएको हो ।

‘यो प्रविधि सामसुङको लामो समयको अनुसन्धान र विकासको उपज हो,’ उनी भन्छन्,’त्यसैले पनि यो फोनको टिकाउपनमा शंका गर्नुपर्ने अवस्था छैन । यसको बहुउपयोगी पक्षलाई धेरैले रुचाउने हाम्रो अपेक्षा छ । ‘

सामसुङ नेपालका निर्देशक प्रणयरत्न स्थापितका अनुसार दुई स्मार्टफोनका अतिरिक्त सामसङ नेपालले ग्यालेक्सी वाच फोर सिरिज र ग्यालेक्सी बड्स २ पनि एकैसाथ बजारमा आएको छ ।

ग्यालेक्सी जी फोल्ड ३ फाइभ-जी मल्टीटास्किङ पावर हाउस हो । ७.६ इन्चको इन्फिनिटी फ्लेक्स डिस्प्लेका साथै एस पेनको सहायताले फोल्डेबल स्क्रीनमै सहज रुपमा काम गर्न सकिने भएकाले यसको उपयोगिता उच्च रहेको स्थापित बताउँछन् । दुवै स्मार्टफोन वाटर प्रुफ पनि छन्।

यी स्मार्टफोनहरुमा अन्डर डिस्प्ले क्यामेरा प्रविधिको प्रयोग भएको छ । फोटो वा भिडियो खिच्दा क्यामेराको भाग स्क्रीनभित्रै देखिए पनि अन्य कार्यहरु गर्दा क्यामेराको ‘लेन्स बटम’ हराउँछ । फोनमा मेन तथा कभर स्क्रीनहरुमा १२० हर्ज एडेप्टिभ रिफ्रेस रेट छ । यसले प्रयोगकर्ताहरुलाई सहज स्क्रोलिङ अनुभव दिन्छ । फुल्ली अप्टिमाइज एस पेनले ग्यालेक्सी जी फोल्ड ३ मा एस पेन फोल्ड एडिसन तथा एस पेन प्रो गरी एस-पेन दुई विकल्पमा अनुभव गर्न सकिन्छ ।

ग्यालेक्सी जी फोल्ड ३ मा फ्लेक्स मोड फिचर्स लगायतका सुविधा छन् । जसले एउटै स्क्रीनमा भिडियो च्याट, मटिङ नोट, क्याल्कुलेटरहरु सँगसँगै प्रयोग गर्न सकिन्छ । ग्यालेक्सी फोल्ड २ भन्दा पातलो र हलुका छ ।

ग्यालेक्सी जी फि्लप ३ फाइभ-जी पनि अनलाइन क्लासलिन देखि सुरक्षित रुपमा फोन राखेर भिडियो हेर्न र बनाउन सकिन्छ । सेल्फ-एक्पेरियन्सका लागि उपयुक्त डिभाइस भएको स्थापित बताउँछन् । ग्यालेक्सी जी ˆलिप ३ फाइभ-जीको कभर स्क्रीन पहिलेको तुलनामा ठूलो छ।

‘फोन अनफोल्ड नै नगरी बाहिरबाटै नोटिफिकेसन हेर्न सकिन्छ,’ स्थापित भन्छन्,’जी फि्लप ३ फोनमा भएको क्वीक सट फिचर सुविधाका कारण मोबाइल फोन अनफोल्ड नै नगरी फोटो तथा भिडियो खिच्न सकिन्छ ।’ यो फोनमा पनि १२० हर्ज एडप्टिभ रिफ्रेस रेटले स्मुथ स्क्रोलिङ फेसिलिटी छ ।

सामसुङले १२ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भेरियन्टको ग्यालेक्सी जी फोल्ड ३ फाइभ-जीको मूल्य दुई लाख १९ हजार ९९९ रुपैयाँ तोकेको छ । १२ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य दुई लाख २९ हजार ९९९ रुपैयाँ छ । आठ जीबी र्‍याम र २५६ जीबी स्टोरेज भेरियन्टको ग्यालेक्सी जी फि्लप ३ को मूल्य एक लाख २४ हजार ९९९ रुपैयाँमा उपलब्ध हुने स्थापितले जानकारी दिए ।

उपभोक्ताहरुले असोज चार गतेसम्म सामसङ नेपालको आधिकारिक वेबसाइट वा दराज, इसेवा, सेलपे, स्मार्टडोको तथा सामसङ प्लाजामा पि्र-अर्डर गर्न सक्नेछन् । उपभोक्ताहरुले सामसङको स्टोरहरुबाट फोन किन्न सक्छन् । ग्यालेक्सी जीका दुई स्मार्टफोनका अतिरिक्त स्मार्ट वाच र इयर बड्स पनि ल्याएको छ ।

न्युनतम साढे १० हजार रुपैयाँ तिरेर शून्य प्रतिशत इएमआईमा यि फोन किन्न सकिने छ । नबिल, सनराइज, ग्लोबल आइएमई, इन्भेष्टमेन्ट, माछापुच्छ्रे, सानिमा, एनएमबि, मेगा, कुमारी, एनआईसी एसिया बैंक र उपासना सहकारी र हुलास इन्भेष्टमेन्टबाट इएमआईको सुविधा पाइनेछ ।

पि्र-बुकिङमा ग्राहकहरुले एक वर्षसम्मको ब्रेकेज (टुटफुट) बीमा सुविधा पनि छ । पुरानो फोनलाई साटेर यी स्मार्ट फोन किन्दा सामसङको स्टोर तथा आईएमएस स्मार्टबाट ६ हजार रुपैयाँसम्म थप पाइनेछ ।

सामसुङले ल्याएका नयाँ स्मार्टफोनका बारेमा अनलाइनखबरसँग सामसुङ नेपालका निर्देशक प्रणयरत्न स्थापितसँग कुराकानी गरेका छन् । ग्यालेक्सी जी फोल्ड ३ फाइभ-जी र जी फ्लिप ३ फाइभ-जी बारे स्थापितको भिडयो ब्रिफिङ जस्ताको तस्तैः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?