+
+

एमसीसी उपाध्यक्ष फातिमाले भनिन् – एमसीसीलाई प्राप्त समर्थनले उत्साहित छौं

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २८ गते ७:४०

२८ भदौ, काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली नेपालको संसदबाट एमसीसी पारित हुने विश्वासका साथ स्वदेश फर्किएको छ ।

स्वदेश फर्किने क्रममा एमसीसी उपाध्यक्ष फातिमाले एमसीसी कम्प्याक्टलाई प्राप्त भएको समर्थनले उत्साहित भएको र गलत धारणालाई स्पष्ट पार्न सफल भएको बताएकी छन् ।

नेपालस्थित अमेरिकी दूतावासले फातिमाको भनाइ उद्धृत गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मेरो भ्रमणको दौरानमा एमसीसी कम्प्याक्टलाई प्राप्त भएको समर्थनले म उत्साहित भएको छु । एमसीसीका सम्बन्धमा रहेका गलत धारणा र प्रश्नहरुलाई स्पष्ट पार्न हामी सफल भएका छौं ।’

उनले अब नेपाल सरकारले यसलाई अनुमोदन गर्नेमा समेत आफू विश्वस्त रहेको उल्लेख गरेकी छन् ।

नेपाल भ्रमणमा रहँदा एमसीसी उपाध्यक्ष सुमार नेतृत्वको टोलीले प्रमुख राजनीतिक दल, सांसद, निजी क्षेत्र लगायतका विभिन्न पक्षहरुसँग एमसीसीको बारेमा परामर्श गरेको थियो । टोलीले विशेषत एमसीसीले प्रदान गर्ने आर्थिक अवसर र सम्झौतामा रहेका केहीको बुँदाको स्पष्टीकरणका विषयमा कुराकानी गरेको काठमाडौंस्थित अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । फातिमा नेतृत्वको टोली आइतबार साँझ स्वदेश र्फकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?