+
+

बलिउड सेलिब्रेटीले लगाएको परम्परागत र आधुनिकताको मिश्रणयुक्त गहनाहरु

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २८ गते ९:५९

धेरैजसो हामी पश्चिमी पोसाकसँगै नेपाली गहना लगाउन वा परम्परागत गहनालाई पुरानो फेसन भनेर नकार्ने गर्छाैं । तर यही पश्चिमा डिजाइन र नेपाली डिजाइनको मिश्रण तयार पार्ने हो भने यसले नयाँ ट्रेन्ड चल्ने गर्छ ।

सुनको नेकपिस, चाँदीको झुम्का आदिलाई परम्परागत पोसाकसँग मात्र लगाउन सकिन्छ । भारत र नेपालमा पनि सेलिब्रेटीहरुले भारत र नेपालमा पनि सेलिब्रेटीहरुले नेपाली मौलिक र पश्चिमा गहनालाई बढी प्राथमिकतामा राखेको पाइन्छ । केही भारतीय सेलिब्रेटीहरुले लगाउने यस्तो खाले गहनाको बारेमा विभिन्न भारतीय सञ्चारमाध्यमको सहयोगमा तल उल्लेख गरिएको छ ।

सोनम कपूरले सेतो प्यान्टसूटको साथमा ग्रीन स्टोन वाला पाँच लेयरयुक्त नेकपिस लगाउँछिन् । यदि तपाईं कुनै पार्टीको शान बन्ने हो भने जसले पनि यो तहको नेकपिस लगाउन सक्छन् ।

सोनमले कालो गाउनको साथ पन्ना जोडिएको गहना र ह्वाइट स्टोनवाला टीका लगाउँछिन् । यदि तपाईंले कहिलेकाहीँ यसरी कम्बिनेसनको बारेमा सोच्नु भएको छ भने यो पनि कोसिस गर्न सकिन्छ ।

अदिति राव हैदरीले वन सोल्डर एम्बेलिश्ड जम्पसुटको साथमा परम्परागत स्टोन इयर रिङ्स लगाउने गर्छन् । यसरी धेरै भारतीय पोसाकको साथमा पनि यो लगाउने गरिन्छ । यस्तो प्रकारका झुम्काहरु प्रायः भारतीय पोसाकसँग लगाइन्छ । तर अदिति जस्तै तपाईं पनि सजिलै पश्चिमी लुगासँग यी परम्परागत गहना लगाउन सक्नुहुन्छ ।

आलिया भट्ट प्रिन्टेड साडीको साथमा शुद्ध भारतीय झुम्का लगाउँछिन् । यसरी साडीको साथमा तपाईं पनि भारी झुम्का लगाउन सक्नुहुन्छ ।

डार्क शेड वेस्टर्न आउटफिटको साथमा गोल्डन शेड चाँदवालीकोे संयोजन ।

शोभिता धुलिपालाले वेस्टर्न आउटफिटको साथ गोल्ड चाँदवाली र हेभी नेकपिस लगाउँछिन् । यस्तो नेकपिस साडीको साथमा लगाउन सकिन्छ । यदि तपाईं पनि यस्तो लगाउन चाहनुहुन्छ भने सक्नुहुन्छ ।

हरियो रंगको ब्राकेड फुल लेन्थ स्कर्ट र आधारभूत रुपमा सेतो सर्टको साथमा सोभिता धूलिपालाले आकर्षक गहना लगाउने गर्छिन् । जसमा हेभी लेयर्ड नेकपिस, झुम्का, औंठी र ब्रेसलेट समेत उनको सौन्दर्यमा समान छ । यो पछिल्लो समय विवाहमा जाँदा लगाउने चर्चित गहना बनेको छ ।

कालो आउटफिटको साथमा अक्सडाइज्ड गहना लगाउन सकिन्छ । मौनी रायले कालो साडीमा सजिएको तस्वीर पोस्ट गरेकी थिइन् । यस्तो पोसाक अरुले पनि लगाउन सक्छन् ।

सान्या मल्होत्राले एउटा सर्टको साथमा चाँदीको नेकपिसमा सजिएको तस्वीर सार्वजनिक गरिन् । यस्तो पोसाक पनि प्रयोग गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?