+
+

सीमा नाका खोल्न लुम्बिनीका व्यवसायीको माग

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २८ गते १३:०९

२८ भदौ, बुटवल । लुम्बिनी प्रदेशका व्यवसायीहरुले कोरोना संक्रमण घट्दै गएकाले सम्पूर्ण सीमा नाका खोल्नुपर्ने माग गरेका छन् । लुम्बिनी नागरिक समाजको अगुवाइमा सोमबार व्यवसायीहरुले रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै मुख्य नाकाबाटै आवतजावत गर्न दिन माग गरेका हुन् ।

कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र बोकेका भारतीय र विदेशी पर्यटकलाई निर्वाध रुपमा नेपाल आउन दिनुपर्ने व्यवसायीको माग छ । सबै व्यवसाय खुला भइसकेको अवस्थामा रुपन्देहीको कक्रहवा लगायतका नाका बन्द हुँदा लुम्बिनी क्षेत्रका होटल र अन्य व्यवसायी संकटमा परेको लुम्बिनी नागरिक समाजका संयोजक अक्रम खानले बताए ।

सीमा क्षेत्रका नेपालीको पारिवारिक सम्बन्ध समेत भारतमा भएकाले नाका बन्द हुँदा अप्ठेरो भएको  उनले बताए ।  नाका बन्द भए पनि सर्वसाधारण डेढ किलोमिटरसम्म पैदल हिंडेर आवतजावत गरिरहेकाले नाका बन्द गर्नुको औचित्य नभएको व्यवसायीहरुको भनाइ छ ।

मुख्य नाका बन्द भए पनि वैकल्पिक बाटोबाट लुकिछिपी सामान आयात नरोकिंदा राज्यको करोडौं राजस्व गुमेको व्यवसायी मेघनाथ आचार्यले बताए । ज्ञापनपत्र बुझेपछि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले व्यवसायीका समस्या र मागबारे आफूले गृह मन्त्रालयमा जानकारी गराउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?