+
+

सावित्री कंचनजंगा अगरबत्तीको सक्रियतामा मास्क वितरण कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २८ गते १९:०२

सावित्री कंचनजंगा अगरबत्तीको सक्रियतामा मास्क वितरण कार्यक्रम सम्पन्न भएको छ ।विश्वभर फैलिएको कोरोना भाइरसबारे सजग रहन सचेत गराउँदै सावित्री कंचनजंगा अगरबत्तीले मानिसहरुको भीड बढी हुने क्षेत्रलाई ध्यान दिदै तरकारी बजार, फलफुल बजार र फुटपाथमा गई काठमाडौं भ्यालीका विभिन्न ठाउँहरुमा निःशुल्क मास्क वितरण गरेको हो।

संक्रमण हालसम्म पनि फैलिरहेको कारणले हरेक जनमानसले मास्कको प्रयोग गर्न आजको आवश्यकता रहेको भन्दै मास्क नलगाई हिडिँरहेका व्यक्तिहरुलाई रोकेर मास्क वितरण गर्नुको साथै सम्झाई बुझाई गरिएको थियो।

मास्क लगाऔं, सचेत नागरिकको परिचय दिऔं भन्ने सन्देश दिनका लागि माक्स वितरण गरिएको, सावित्री कंचनजंगा अगरबत्तीको बजार प्रबन्धक पुष्कर केसी बताउँछन्।

कोरोना भाइरसबारे सचेतना जगाउँदै पहिलो दिन आज एक हजार मास्क वितरण गरिएको र यसले कोरोनाबाट सर्वसाधारणलाई सुरक्षित हुन र मास्क लगाउने बानी बसाउन सहयोग पुग्ने अपेक्षा कम्पनीले लिएको छ।

आगामी दिनहरुमा पनि भीडभाड हुने ठाउँहरुमा निःशुल्क मास्क वितरण गर्ने योजना यस कम्पनीले लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?