+
+

एकीकृत समाजवादीले प्रदेश २ मा संगठन निर्माणलाई तीव्रता दिने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २८ गते १९:४६
फाइल तस्वीर

२८ भदौ, जनकपुरधाम । नेकपा एकीकृत समाजवादीले प्रदेश २ मा संगठन निर्माणलाई तीव्रता दिने भएको छ । पार्टीको प्रदेश संगठन कमिटीको सोमबार धनुषामा बसेको बैठकले संगठनको कामलाई तीव्रता दिने निर्णय गरेको हो ।

अबको १० दिनभित्र वडा र जिल्ला कमिटी बनाउने निर्णय भएको एकीकृत समाजवादी प्रदेश २ संसदीय दलका नेता शत्रुधन महतोले जानकारी दिए ।

उनका अनुसार पहिलाको समानान्तर कमिटीलाई रुपान्तरण गर्ने र कमिटी नबनेको ठाउँमा बनाउने निर्णय भएको छ । ‘१० दिनभित्र प्रदेशका हरेक वडा र जिल्लामा भेला बोलाएर कमिटी बनाइनेछ,’ उनले भने, ‘कतिपय जिल्लामा भेला भइसकेको छ, नभएको जिल्लामा १० दिनभित्रै भेला हुन्छ ।’

बैठकमा प्रदेश सरकारमा सहभागी हुने विषयमा पनि छलफल भएको महतोले बताए । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश व्यवस्थित हुनेबित्तिकै सरकारमा जाने विषयमा छलफल भएको उनको भनाइ छ ।

मन्त्रालय टुंगो लगाउने विषयमा मुख्यमन्त्रीसँग छलफलका लागि बैठकले महतोलाई जिम्मेवारी समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?