+
+

उत्तर कोरियाको मिसाइल परीक्षणमा अमेरिकी प्रतिक्रिया : वार्ताको ढोका खुला छ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २९ गते १२:२८

२९ भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनका उत्तर कोरियाली दूत सुङ किमले वार्ताको लागि ढोका खुला रहेको बताएका छन् । उत्तर कोरियाले लामो दूरीको क्रुज मिसाइल परीक्षण गरेसँगै अमेरिकी दूतले यस्तो बताएका हुन् । टोकियोमा जापान र दक्षिण कोरियाली अधिकारीसँगको वार्ताको क्रममा उनले यस्तो बताएका हुन् ।

उनले उत्तर कोरियाप्रति अमेरिकाको कुनै पनि शत्रुतापूर्ण व्यवहार नरहेको बताएका छन् । तीन मुलुकका राजदूतले उत्तर कोरियालाई पुनः वार्तामा ल्याउनुपर्ने विषयमा चर्चा गरेका थिए । त्यस्तै अहिले खाद्य संकटसँग जुधिरहेको उत्तर कोरियालाई मानवीय सहायता दिने प्रस्ताव पनि गरिएको थियो ।

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई वर्षअघि उत्तर कोरियाली नेता किम जोङ उनसँग वार्ताको प्रयास गरेका थिए । यद्यपि यो वार्तामा सफलता भने मिलेन । आइतबार उत्तर कोरियाले लामो दूरीको क्रुज मिसाइलको सफल परीक्षण गरेको दाबी गरेको थियो । उत्तर कोरियाले यसअघि जो बाइडनले राष्ट्रपतिको शपथ लिएसँगै क्रुज मिसाइल परीक्षण गरेको थियो ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?