
२९ भदौ, काठमाडौं । ललितपुर महानगरपालिकाले आगामी असोज १ गतेदेखि भौतिक रुपमा विद्यालय सञ्चालन गर्ने जिम्मेवारी विद्यालयलाई नै दिने निर्णय गरेको छ ।
स्वास्थ्यसम्बन्धी मापदण्ड पूरा गराउन विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा र कार्ययोजना बनाउन महानगरपालिकाले विद्यालयलाई सूचित गरेको छ ।
विद्यालय सञ्चालन गर्नुपूर्व पूर्वतयारी गरी अनिवार्य रुपमा कार्यढाँचा तथा स्वास्थ्य मापदण्डका सम्बन्धमा अभिभावक, शिक्षक, विद्यार्थी र अन्य सरोकारवालाहरुलाई विद्यालयले अभिमुखीकरण गराउने पर्ने छ ।
विद्यालय सञ्चालनको तयारी पूरा गरेको जानकारी महानगरपालिकालाई गराउनु पर्ने छ । विद्यालयका लागि आवश्यक स्वास्थ्य सुरक्षाका सामग्री (मास्क, सेनिटाइजरसमेत) प्रदान गर्ने महानगरपालिकाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4