+
+

सुस्तायो शेयर बजार, नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २९ गते १५:२९

२९ भदौ, काठमाडौं । शेयर कारोबार रकममा गिरावट आएको छ । सोमबारको तुलनामा मंगलबार करीब ४ अर्ब रुपैयाँले शेयर कारोबार रकम घटेको छ । एकैदिन २१ अर्ब रुपैयाँसम्मको शेयर कारोबार भएको बजारमा बुधबार जम्मा ५ अर्ब रुपैयाँको मात्रै शेयर कारोबार भएको छ ।

यस अघि सोमबार अर्ब २९ करोड ५ लाख ५४ हजार १५५ रुपैयाँको शेयर कारोबार भएको थियो । दिनभर भएका ५९ हजार ८५४ कारोबारबाट १ करोड ६ लाख ३९ हजार ८२६ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट ५ अर्ब १९ करोड ५२ लाख ९५ हजार ४४३ रुपैयाँको शेयर कारोबार भएको छ । कारोबार रकमसँगै शेयर कारोबार मापक नेप्से परिसूचकमा पनि गिरावट आएको छ ।

साताको पहिलो दिन आइतबार ७१ अंकले बढेको शेयर बजार सोमबार ३ अंकले मात्रै सुधार भएको थियो । मंगलबार भने दोहोरो अंकले घटेको छ ।

१८ दशमलव ५४ अंकले घटेर नेप्से परिसूचक २ हजार ९२९ दशमलव २८ अंकमा झरेको छ । ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३ दशमलव २१ अंकले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?