+
+

६ किलो गाँजासहित वीरगञ्ज–रक्सौल सीमा नाकाबाट युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २९ गते १७:२०

२९ भदौ, वीरगञ्ज । वीरगञ्ज-रक्सौल सीमा नाकाबाट सशस्त्र प्रहरीले ६ किलो गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका–७ घर बताउने १८ वर्षीय पवन कुमार श्रीवास्तव रहेका छन् ।

उनलाई वीरगञ्जबाट पैदल रक्सौलतर्फ जाँदै गर्दा सशस्त्र प्रहरीले लागु औषध ६ किलो गाँजासहित पक्राउ गरेको जनाएको हो ।

पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाईएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?