+
+

कोरोना महामारीले बालबालिकाको क्षमता विकासमा गम्भीर असर : अध्ययन

१२ सय बालबालिकाले अभिभावक गुमाए, ६७ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २९ गते १७:२४

२९ भदौ, काठमाडौं । कोरोना भाइरसको महामारीको समयमा नेपालका बालबालिकाको क्षमता विकासमा ठूलो असर परेको एक अध्ययनले देखाएको छ ।

बाल सहभागितामा कार्यरत संस्थाहरुको साझा समूह (कन्र्सोटिएम नेपाल) ले दुई महिनाको अध्ययनपछि सार्वजनिक गरेको प्रतिवेदनमा महामारीले बालकालिकाको क्षमता विकासमा असर परेको देखिएको हो ।

कन्सोर्टियम नेपालका तर्फबाट अध्ययन समितिको नेतृत्व गरेका त्रिभुवन विश्व विद्यालयका उपप्राध्यापक दीपेश घिमिरेले कोरोना महामारी रोकथाममा अपनाइएको विभिन्न प्रतिबन्धका कारण बालबालिका समस्यामा परेको देखिएको बताए । शिक्षण सिकाई प्रक्रियामा पनि कोरोनाले निकै ठूलो असर गरेको उनले बताए ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लामो समयसम्म बन्दाबन्दी गरेको थियो । बन्दाबन्दीले बालबालिका विद्यालय जान पाएनन् । उनीहरुले सिक्नुपर्ने कुरा पनि सिक्न नपाएको अध्ययन प्रतिवेदनको निष्कर्ष छ ।

अनलाइनबाटै पढाउन शुरु गरिए पनि मुलुकका ७३ प्रतिशत बालबालिका इन्टरनेटको पहुँच भन्दा बाहिर रहेको अध्ययनको निश्कर्ष छ । बाँकी २७ प्रतिशत बालबालिकाहरु अनलाइनको पहुँचमा भए पनि राम्रोसँग पढ्न नपाएको अध्ययनमा उल्लेख छ ।

कोरोना महामारीका कारण दुई सय बालबालिकाले बुवा र आमा दुबै गुमाएका छन् । एक हजार दुई सय बालबालिकाले आमा वा बुवामध्ये एक जना गुमाएका छन् । त्यस्तै ६७ जना बालबालिकाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

कन्सोर्टियम नेपालका अध्यक्ष किरण थापाले बालबालिकालाई कोरोनाबाट बचाउनका लागि तीनै तहका सरकारहरुले प्रभावकारी काम गर्न नसकेको बताए । बालबालिकाहरुलाई सुरक्षित राख्न अस्पतालमा २० प्रतिशत बेड छुट्याउनु पर्ने भए पनि धेरैले यो पालना गरेका छैनन् । बालबालिकाहरुको उपचारका लागि हालसम्म कुनै मापदण्ड समेत नबनेको उनले बताए ।

कोरोनाका कारण धेरै बालबालिकाले बिद्यालय छाडेको भन्दै उनीहरुलाई पुनः विद्यालय पठाउन संघीय, प्रदेश र स्थानीय तहले भूमिका खेल्नुपर्ने अध्ययन समितिको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?