Comments Add Comment

मुग्लिन–नौबिसे सडकखण्ड अवरुद्ध

३० भदौ, काठमाडौं । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–नौबिसे सडकखण्ड पहिरोले अवरुद्ध भएको छ ।

बुधबार बिहान २ बजे चितवनको इच्छाकामना गाउँपालिका–५ नाग्दीखोला नजिकै पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

अहिले पहिरो हटाउने काम भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर मगरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment