+
+

असफल नेताहरुले एमालेविरुद्ध घेराबन्दी गर्दैछन् : टोपबहादुर रायमाझी

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३० गते १५:०२
फाइल तस्वीर

३० भदौ, बुटवल । नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले एमालेविरुद्ध असफल नेताहरुको गठबन्धनले घेराबन्दी गर्ने कोशिश गरेको बताएका छन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको गठबन्धनलाई असफल नेताहरुको महागठबन्धन भन्दै उनले त्यसलाई  एमालेले असफल पारेर फेरि सत्ताको नेतृत्वमा पुग्ने दाबी गरे ।

नेकपा एमाले रुपन्देहीको कार्यकर्ता भेलालाई बुधबार बुटवलमा सम्बोधन गर्दै नेता रायमाझीले ‘विगतमा असफल भएका नेताहरुको महागठबन्धनले एमालेविरुद्ध घेराबन्दी गर्ने चेष्टा गरेको छ । तर एमालेले त्यो घेराबन्दीलाई असफल पार्ने र फेरि सत्ताको नेतृत्वमा पुग्छ ।’

एमाले र माओवादी केन्द्रबीचको एकता हुँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पापी मन राखेर एकता गरेको रायमाझीले आरोप लगाए । पदका लागि प्रचण्डले पार्टी एकता तोडेको उनको आरोप छ ।

माओवादी केन्द्र कांग्रेसको पुच्छर बनेको भन्दै उनले कांग्रेसको नेतृत्वमा देशमा समृद्धि नआउने जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?