+
+

ईपीएलका लागि पोखराको लोगो र जर्सी सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३० गते १६:०३

३० भदौ, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करणका लागि पोखरा राइनोजले नयाँ लोगो र जर्सी सार्वजनिक गरेको छ ।

जीतको प्रतीक सुन्तला रङ्ग थपिएको राइनोजको नयाँ लोगोमा गैंडाको टाउको देखाइएको छ भने माछापुच्छ्रे हिमालमुनि ब्याट्सम्यानले बल प्रहार गरेको प्रतीक राखिएको छ ।

पोखरा राइनोजको नयाँ जर्सीमा पनि पोखराको प्रतीक झल्कने माछापुच्छ्रे हिमाल राखिएको छ । जर्सीको प्रायोजन सेभेन–ए ब्राण्ड वाई एम.एस धोनीले गरेको छ ।

त्यस्तै, मुख्य प्रायोजकमा सौर्य सिमेण्ट, जगदम्बा सुपर साइन रहेको छ भने अधिकारिक प्रायोजकमा मित्सुबिसी मोटर्स, एड्नोक र कान्तिपुर मिडिया रहेका छन् । हस्पिटालिटीको प्रायोजनमा याक एण्ड यती काठमाडौं तथा क्लोज क्याम्प पार्टनरमा हायात रिजेन्सी रहेका छन् ।

आगामी असोज ९ देखि २३ गतेसम्म काठमाडौंस्थित त्रिवि क्रिकेट मैदानमा शुरु हुने एभरेष्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधिका लागि यसपटक पोखरा राइनोजसहित काठमाडौं किंग्स–११, ललितपुर प्याट्रियोट्स, विराटनगर वारियर्स, चितवन टाइगर्स र भैरहवा ग्लाडिएटर्स आमने सामने हुँदैछन् ।

यस पटकको ईपीएल विजेताले नगद ५० लाख रुपैयाँसहित उपाधि जित्दा उप–विजेताले नगद १५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यसैगरी लिगमा विभिन्न विधाका खेलाडीहरुले पनि आकर्षक पुरस्कार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?