+
+

गोरखामा राप्रपाको अधिवेशन सकियो, अध्यक्षमा ढकाल निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ३० गते १८:०५

३० भदौ, गोरखा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को गोरखा जिल्ला अध्यक्षमा सुदीप ढकाल निर्वाचित भएका छन् ।

अध्यक्षमा ढकालसँगै पूर्वअध्यक्ष भगवान दास मल्ल, निवर्तमान सहअध्यक्ष अम्बिका रुपाखेती, रामराज कोइराला र रामबाबु अर्यालले पनि उम्मेदवारी दिएका थिए । तर ढकाल निर्वाचित भएका निर्वाचन समितिले जानकारी दिएको छ ।

अधिवेशनले मानबहादुर श्रेष्ठ, राममाया केसी, पानमाया सिंखडा, कल्पना राना, माया खनखवास, दीपक देवकोटा, राम पनेरु, ईश्वर बस्नेत, ज्ञानेन्द्रजङ् शाह, तोत्रबहादुर बस्नेत, तोपबहादुर पाठक, विष्णुप्रसाद पोखरेल, दयाराम पोखरेल, हरिराम अधिकारी, डिल्लीराम पोखरेल पुजन, कृष्ण श्रेष्ठ, अविनाश कोइराला, दुर्गाभक्त कुमालसहित ३१ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ ।

राप्रपाले गोरखामा वडा, गाउँपालिका, नगरपालिका, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र पनि सम्पन्न गरेको छ । प्रतिनिधिसभा क्षेत्र नं १ मा हरिराम अर्याल र क्षेत्र नं २ मा उमानिधि पाण्डे अध्यक्ष निर्वाचित भए । त्यस्तै प्रदेश क्षेत्र नं १ ‘क’ मा नेत्रबहादुर थापा मगर, ‘ख’मा रामकुमार खड्का, प्रदेश क्षेत्र नं २ ‘क’ मा सुशील पन्त र ‘ख’ मा कुलबहादुर बस्नेत अध्यक्ष चुनिए ।

स्थानीय तहतर्फ भीमसेन थापा गाउँपालिका अध्यक्षमा मानकुमार श्रेष्ठ, आरुघाट गाउँपालिकामा ढंगबहादुर रोकाया, धार्चे गाउँपालिकामा वीरलाल गुरुङ, चुननुब्री गाउँपालिकामा दोर्जे लामा, शहीद लखन गाउँपालिकामा पूर्णजङ भण्डारी, गण्डकी गाउँपालिकामा कमलप्रसाद रेग्मी, सिरानचोक गाउँपालिकामा शेरबहादुर लामा, अजिरकोट गाउँपालिकामा फणीन्द्र अधिकारी र बारपाक सुलिकोट गाउँपालिकामा ठाकुर ढकाल अध्यक्ष निर्वाचित भएका छन् । त्यस्तै गोरखा नगरपालिकामा रुद्रराज पाण्डे र पालुङटार नगरपालिकामा राजन देवकोटा अध्यक्ष निर्वाचित भएका छन् ।

राप्रपाले कात्तिक २७ देखि ३० गतेसम्म पार्टीको केन्द्रीय महाधिवेशन गर्ने मिति तय गरेको छ । हाल देशभर स्थानीय तह, निर्वाचन क्षेत्र र जिल्लाको अधिवेशन धमाधम गरिरहेको केन्द्रीय सदस्य मोहन श्रेष्ठले जानकारी दिए । गोरखाबाट महाधिवेशनमा ५४ जना प्रतिनिधि रहनेछन् ।

जिल्ला अध्यक्ष, प्रतिनिधिसभा निर्वाचन क्षेत्र अध्यक्ष, प्रदेशसभा निर्वाचन क्षेत्र अध्यक्ष, नगरपालिका र गाउँपालिका अध्यक्ष गरी १८ जना महाधिवेशन प्रतिनिधि हुनेछन् । त्यस्तै हरेक प्रदेसभा निर्वाचन क्षेत्रबाट समानुपातिक प्रतिनिधित्वका आधारमा सक्रिय सदस्य मध्येबाट ९ जना गरी ३६ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?